तामाङपेज संवाददाता ।
काठमाडौं । नेपाल भारत मैत्री बस सेवा,काठमाडौं -काँकडभिट्टा-सिलिगुडी यातयात संचालन भाद्र ९ गते नेपाल सरकारका भौतिक,योजना तथा यातयात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदुतले राजधानीमा संंयुुुुक्त रुपमा समुदघाटन गर्नु भएको छ ।
नेपाल भ्रमण वर्ष-२०२० लाई सफल पार्न काठमाडौं-काँकडभिट्टा-सिलिगुडीसम्मको नेपाल भारत मैत्री बस सेवा नेपाल सरकार र भारत सरकारको यातयात संचालन सम्बन्धि सम्झौता अनुरुप प्रारम्भ गरेको यातयात व्यवसायी एवं कपन संयुक्त यातयात प्रालिका अध्यक्ष भरत तिमल्सिनाले तामाङपेजसँगको कुराकानीमा आईतवार जनाएका छन् ।
तनहुँ जिल्ला,शुक्ल गण्डकी नगरपालिका वडा नं.७ खैरेनीटारका स्थानिय वासिन्दा,विगत तीस वर्षदेखि यातयात क्षेत्रमा लागि पर्नु भएका यातयात व्यवसायी एवं कपन संयुक्त यातयात प्रालिका अध्यक्ष तिमल्सिनाले नेपाल भारत मैत्री बस सेवामा प्रति यात्रु दुई हजार भाडादर,यातयातको क्रममा कुरकुरे,नास्ता ,मिनिरलवाटर,फ्री वाईफाई सेवाजस्ता सेवाहरु प्रदान गर्दै शुरुमा पाँचवटा यातयात बस सेवा स्वयम्भुबाट सिलिगुडीसम्म संचालन गर्नु भएको जनाउनु भएको छ ।
कपन संयुक्त यातयात प्रालिका अध्यक्ष एवं यातयात व्यवसायी भरत तिमल्सिनाले नेपाल भारत मैत्री बस सेवा प्रारम्भको केही सातामा स्थानिय वासिन्दा एवं काँकडभिट्टाका केही यातयात व्यवसायीले अवरोध गरेपनि आफुहरुले नेपाल र भारत सरकारको निति ,नियम ,कानुन र परिधिमा रहेर संचालन गरेको ,विशेष त नेपाल भ्रमण वर्ष -२०२० लाई सफल पार्न स्थलमार्गबाट यातयात शुरु गरेको तामाङपेजसँगको कुराकानीमा बताएका छन् ।