तामाङ सहायता समाज (ल्होज्याङ)को १६ औं साधारण सभा सम्पन्न,अध्यक्षमा योगेन्द्रजंग रुम्बासहित पदाधिकारी निर्वाचित


तामाङपेज संवाददाता ।

काठमाडौं । तामाङ सहायता समाज(ल्होज्याङ)को १६ औं साधारण सभा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता ,प्रतिनिधि सभाका सांसद एवं पुर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यमा आईतबार राजधानीमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं सांसद तथा पुर्व मन्त्री तामाङले तामाङ सहायता समाज (ल्होज्याङ)का पुर्व अध्यक्ष एवं सल्लाहकार नरेन्द्रबहादुर वाईवा तामाङलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

साधारण सभामा कार्यक्रम संचालन समाजकी सचिव सानुमाया लामाले गर्नु भएको थियो भने संस्थाका पुर्व सल्लाहकार एवं ईन्जिनियर देवराज तामाङले समाजको पदाधिकारीहरुको नामवली सार्वजनिक गर्नु भएको छ।

साधारण सभाले तामाङ सहायता समाज (ल्होज्याङ)को योगेन्द्रजंग रुम्बा तामाङको अध्यक्षतामा उपाध्यक्ष शेरबहादुर रुम्बा,महासचिव राजेन्द्रकुमार रुम्बा,सचिव सानुमाया लामा,कोषाध्यक्ष रामगोपाल तामाङ,सदस्यहरु:रबिन्द्र मोक्तान,अम्बिर तामाङ,वीरबहादुर तामाङ,गिता लामा,राम ग्लान तामाङ ,जीतबहादुर तामाङ निर्विरोध निर्वाचित भएको तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

प्रकाशित: समय: 23:29:14  419पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार