शक्तिखोरस्थित श्री चतुर्मुखि माविमा स्व.सोरबहादुर अधिकारीको स्मृतिमा “छात्रवृत्ति अक्षयकोष”स्थापना


तामाङपेज संवाददाता। 

चितवन । कालिका नगरपालिकास्थित श्री चतुर्मुखि माविमा स्वर्गीय सोरबहादुर अधिकारीको स्मृतिमा शुक्रबार १ लाख १ सय ११ रुपैयाँ विद्यालयका प्र.अ.चन्द्रबहादुर गुरुङलाई प्रदान गरेर सो रकमको ब्याजबाट प्राप्त रकम गरिब,जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिन “छात्रवृत्ति कोषको स्थापना” गरेको हाल मकाउमा कार्यरत समाजसेवी कृष्णबहादुर अधिकारीले तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

स्वर्गीय सोरबहादुर अधिकारीका श्रीमती यशोदा अधिकारी,छोराहरु कृष्णबहादुर अधिकारी,रामबहादुर अधिकारी,वीरेन्द्र अधिकारी,रामहरि अधिकारी रहेको छ ।
मकाउमा वैदेशिक रोजगारमा रहनु भएका कृष्णबहादुर अधिकारी भने विभिन्न संघसस्थाहरुमा आवद्ध रहनु भएर सामाजिक क्षेत्रमा विगत लामो समयदेखि एक सामाजिक अभियन्ताको रुपमा देखा परेका छन् ।

प्रकाशित: समय: 10:31:25  974पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार