दलचोकीमा मिनिट्रक दुर्घटना हुँदा घाइतेमध्ये दुईको उपचारको क्रममा निधन


तामाङपेज संवाददाता ।

ललितपुर । चापागाउँबाट दलचोकीतर्फ जाँदै गरेको वा.२ ख ३८९० नम्बरको मिनिट्रक गत भाद्र १४ गते साँझ ७ बजे दलचोकी मनकामना मन्दिर ओरालोमा दुर्घटना हुँदा ८ जना घाईते भएको थियो ।

घाईतेहरुको पाटन अस्पताल ,बि एण्ड बि अस्पताल,न्युरो अस्पताल र ट्रमा सेन्टरमा उपचार गराई रहेका मध्ये कोन्ज्योसोम गाउँपालिका वडा नं.३ दलचोकीका विक्रम ब्लोन (बिबाईसिं)तामाङको शनिबार पेटको अप्रेसन गर्ने क्रममा निधन भएको ट्रमा सेन्टरले जनाएको छ ।

निधन भएका विक्रम ब्लोन तामाङको बौद्धधर्मनुसार स्वयम्भुमा शनिबार अन्तेष्टी गरिएको पारिवारिक श्रोतले जनाएका छन् । शनिबार नै सोही घटनामा घाईते भएकी दलचोकीका सीता दहालको पनि पाटन अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाएको छ ।

 

प्रकाशित: समय: 8:14:57  885पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार