सतोषरधामक्षेत्र सरसफाई अभियानको चौंथो शृङ्खला सम्पन्न,सप्तेश्वर महादेव मन्दिर वरिपरि सरसफाई


तामाङपेज संवाददाता। 

धनुषा । हेल्प मधेसी नेपालका सेवक रामदयाल यादव र सतोषर सेवा समितिका सचिव दिलिपकुमार रायको संयुक्त अगुवाईमा सबैला नगरपालिका वडा नं.९ सतोषरधामस्थित सप्तेश्वरनाथ महादेव मन्दिर वरिपरि सरसफाई गरि ” सतोषरधामक्षेत्र सरसफाई अभियानको चौंथो शृङ्खला ” शनिबार सम्पन्न भएको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सप्तेश्वर महादेव मन्दिर वरिपरिको सरसफाई अभियानमा सतोषर सेवा समितिका अध्यक्ष बनशेरसिंह यादव,हेल्प मधेसी नेपाल सेवक विकु कापर,मनिष कापर,स्थानिय सरसफाई अभियन्ताहरु,विद्यार्थीहरु लगायतको सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 15:16:48  549पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार