ललितपुर । महिला तथा बालबालिकाको पहलमा संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २७ औं शृङ्खला नेपाली काङ्ग्रेसका युवा नेता एवं सभासद रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा जिल्ला विकास समिति ललितपुरको पुर्व जिविस सभापति भोला थापा, नेपाल प्रहरीका डिएस्पी राजेन्द्रबाबु रेग्मी,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका इनिष्पेक्टर श्यामकुमार कटवाल,युरेसिया रेयुकाई सानेपा,ललितपुरका संयोजक पुष्कल गजुरेल,नेपाल टेलिभिजनका ललितपुर जिल्ला संवाददाता ईश्वर महर्जन विशेष आतिथ्यमा शनिबार पुतलीघाटमा सम्पन्न भएको छ ।
अभियानका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेसका युवा नेता तथा सभासद चित्रकारले सरसफाई अभियानले आम जनताको चेतनमा विकास ल्याएको,खोलाको सरसफाई विना मानव जीवन नै अपुरो रहेकाले सरसफाईमा आम जनमानस अघि बढनु पर्नेमा जोड दिनु भयो । सभासद चित्रकारले गोदावरीखोला क्षेत्र लगायत खोला नाला अतिक्रमण गर्ने,गराउनेलाई खबरदारी गर्नपनि सरसफाई अभियन्ताहरु अघि बढनुपर्नेमा सुझाव दिएका छन् ।
गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबी राजभण्डारी थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं अभियानको संचालन गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ता विन्जु थापाले संचालन गर्नु भएको उक्त अभियानमा सरसफाई अभियन्ताहरु ,स्थानिय वासिन्दाहरु,नेपाल प्रहरी लगायत गरि १ सय ५० जनाको सहभागिता रहेको जनाएकी छिन् ।
गोदावरीखोला क्षेत्र सरसफाई अभियानको आजको शृङ्खलामा क्षेत्रीय सहकारी संजालका पुर्व अध्यक्ष रमेशकुमार सिलवाल,नेचरल लभिङ फ्याम्लिका अध्यक्ष सन्तोष कुँवर,सिर्जनसीप सेवा खुमलटारका प्रशासन अधिकृत खगेन्द्र विष्ट,नेप्को नेपाल हरिसिद्धिका फिल्ड ईन्चार्ज बलराम पौंडेल,मुक्तिनाथ विकास बैंक बाँडेगाउँका प्रबन्धक महेश घिमिरे,प्रभु बै हाँडेगाउँका सहायक प्रबन्धक ममिला महर्जन,नेपाल रेडक्रस सोसाईटी गोदामचौर उपशाखाका सभापति नन्द श्रेष्ठ,रचनाटार युवा क्लब अध्यक्ष रामचन्द्र पुरी,महिला संगती उपाध्यक्ष सुनिमित महत,मुलडाँडा वचत तथा ऋण सहकारी संस्थाकी लेखापाल अन्जना राई लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।
अजेस्तापुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमिरमान श्रेष्ठले २५ थान ज्याकेट र युरेसिया रेयुकाई नेपाल सानेपा,ललितपुरका संयोजक पुष्कल गजुरेलले माक्स,पन्जा,नेपालको झण्डा गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी थापालाई प्रदान गरेका थिए। अभियानको क्रममा संकलित फोहोरको व्यवस्थापन नेप्को नेपाल हरिसिद्धि र सिर्जनसीप सेवा खुमलटारले गरेको थियो ।
तस्बिर : प्रचण्ड सिलवाल ।