जनकपुर सरसफाई अभियानको ३८ औं शृङ्खला सम्पन्न ,वडाअध्यक्ष शाहलाई फोहोर व्यवस्थापन गर्न,गराउन ध्यानाकर्षण


तामाङपेज संवाददाता ।

धनुषा । महिला एवं बालबालिकाको पहलमा सरसफाई अभियन्ता रुबीकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीको संयुक्त अगुवाईमा जनकपुरको सिताचोकदेखि रेलवे ट्रैक,तरकारी बजार वरिपरि सरसफाई गरेर ” जनकपुर सरसफाई अभियानको ३८ औं शृङ्खला ” शनिबार भब्य रुपमा सम्पन्न भएको छ ।

उक्त अभियानमा सरसफाई अभियन्ताहरु सुदिप मण्डल,दिवाकर झा,अजय झा,पप्पु यादव,आरती मण्डल,तनबिर राइन,विपिन झा,गोविन्द महरा,स्टेसन प्रहरी चौंकीका प्रहरी नायव निरिक्षक लेखनाथ खनाल,बाल अभियन्ता दक्ष झा,स्थानिय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।

सरसफाई अभियन्ताहरुको टोलिले वडा नं.१ का वडाअध्यक्ष सत्रुधन शाहलाई वडामा भएको फोहोरको ब्यवस्थापन गर्न ,गराउन ध्यानाकर्षण समेत गराईएको र कामाख्या परिवार नेपालका अध्यक्ष हाम्रो दाई विभास लाभद्वारा सरसफाई अभियन्ताहरुलाई सहयोग स्वरुप ट्र्याकसुट प्रदान गरेका थिए ।

 

प्रकाशित: समय: 10:52:51  537पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार