विष्णुमती सरसफाई अभियानको २५७ औं शृङ्खला प्रतिनिधि सभाका सांसद प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं । टोखा नगरपालिका वडा नं.९,१०,११ र विष्णुमती सरसफाई अभियानको संयुक्त आयोजनामा प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानको प्रमुख आतिथ्यमा ,टोखा नगरपालिका वडा नं.९,१०,११ वडाका वडाअध्यक्षहरु क्रमश: जेपि नेपाल,मधुसुदन पाण्डे,उत्तम अधिकारीको विशेष आतिथ्यमा “विष्णुमती सरसफाई अभियानको २५७ औं शृङ्खला ” शनिबार भब्य रुपमा टोखामा सम्पन्न भएको छ ।

अभियानका संयोजक शोभाकान्त पाण्डेयले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं विष्णुमती सरसफाई अभियानको सन्दर्भमा सरसफाई जनचेतनामुलक कार्य पनि गरिएको उक्त अभियानमा नेपाली सेना,नेपाल प्रहरी,स्थानिय संघसंस्थाका प्रतिनिधिहरु,सरसफाई अभियन्ताहरु,सरोकारवालाहरुको सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 10:03:14  467पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार