फेवातालको किनारमा रहेको “जलकुम्भि झार”सफाई अभियान सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की। पोखरा उपत्यका बृहत् सफाई अभियानको १७१ औं शृङ्खला र खहरे आमा समुहको सरसफाई अभियानको १३२ औं शृङ्खलाको संयुक्त आयोजनामा आयोजित सफाइ अभियानमा कास्की जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसिको प्रमुख आतिथ्यमा, पोखरा महानगरपालिका कार्यबहाक महानगर प्रमुख मन्जुदेवी गुरुङ,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यमा शनिबार पोखराको फेवाताल किनारमा रहेको “जलकुम्भि झार” सफाई अभियान सम्पन्न भएको छ ।

पोखरा उपत्यका बृहत सफाई अभियानका संयोजक रामबहादुर पौंडेलले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखरास्थित फेवाताल किनारमा रहेको जलकुम्भि झार सफाई अभियानमा नेपाली सेना,नेपाल प्रहरी,शशस्त्र प्रहरी बल नेपाल,सरसफाई अभियन्ताहरु,होटल संघ,माछापुच्छ्रे महिला क्लब,जलारी समुदाय,थ्री सिस्टर्स एड भेन्चर,फेवा डुंगा व्यवसायी समिति,खहरे आमा समूह,मुक्तिनाथ विकास बैंक,गण्डकी विकास बैंक,सामुदायिक प्रहरी सेवा केन्द्र वैदाम ,पोखरा महानगरपालिका वडा नं.६ का जनप्रतिनिधिहरु,पत्रकार,नागरिक समाजका अगुवाहरु,खेलाडीहरु,स्थानिय युवा,महिला,दाजुभाई तथा दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 9:33:58  862पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार