बाढी पहिरो पीडित किसानहरुका लागि मानविय सहायता कार्यक्रम अन्तर्गत बुखेल,शंखु र इकुडोलका वासिन्दा तथा निकायका निमित्त “सामग्री वितरण कार्यक्रम” सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । बाढी पहिरो पीडित किसानहरुका लागि मानविय सहायता कार्यक्रम अन्तर्गत बुखेल,शंखु र इकुडोलका वासिन्दा र निकायका निमित्त इकार्ड नेपालको आयोजनामा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानको प्रमुख आतिथ्यमा कोन्ज्योसोम-२ शंखु वडा कार्यालयमा शुक्रबार “सामग्री वितरण कार्यक्रम ” सम्पन्न भएको छ ।

इकार्ड नेपालका कार्यक्रम संयोजक नारायण न्यौपानेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं बाढी पहिरो पीडित किसानहरुका लागि खानेपानी,स्वास्थ्य तथा शैक्षिक निकायहरुको लागि विभिन्न सामग्री वितरण गरिएको जनाएका छन् ।

जस्मध्ये महाँकाल गाउँपालिका वडा नं.१ बुखेल,कोन्ज्योसोम-२ शंखु र वाग्मती -५ इकुडोलका १३ वटा सामुदायिक विद्यालयहरुलाई खेलकुदका सामग्रीमा क्यारिम बोर्ड,लुडो,चेस,ब्याडमिन्टन,शैक्षिक सामग्रीमा पुस्तकहरु,स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सम्बन्धि सामग्री,खानेपानीका निमित्त पाइप बुखेललाई ८ सय मिटर,इकुडोललाई १५ सय मिटर,शंखुलाई २५ सय मिटर प्रदान गरिएको कार्यक्रम संयोजक न्यौपानेले बताए।

इकार्ड नेपालको आयोजनामा आयोजित सामग्री वितरण समारोहमा महाँकाल-१ बुखेलका वडाअध्यक्ष खोमप्रसाद गौंतम,कोन्ज्योसोम-२ शंखुका वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरे र वाग्मती -५ इकुडोलका वडासचिव रमेश तिमल्सिना,नेपाल प्रहरी,वडाका जनप्रतिनिधिहरु,कर्मचारीहरु,प्र.अ.तथा शिक्षक,शिक्षिकाहरु,स्थानिय वासिन्दाहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित: समय: 8:52:52  890पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार