जुनियर रेडक्रस गोष्ठी सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले शुक्रबार तुल्सिलाल स्मृति प्रतिष्ठान ललितपुरमा ” जुनियर रेडक्रस गोष्ठी”को आयोजना गरेको छ ।

उक्त गोष्ठीको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधानको प्रमुख आतिथ्यमा जिल्ला शाखा सभापति बाबुराजा महर्जन,जुरेस/युरेस संयोजक तथा उपसभापति दीपक गौतम,उपमन्त्री जगनाथ श्रेष्ठ,उपकोषाध्यक्ष ज्योती प्रधान लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

गोष्ठीमा विभिन्न विद्यालयका जुरेस सर्कल,विद्यालयका छात्रा ,छात्र,शिक्षक नायक तथा शिक्षक ,शिक्षिकाहरु गरि १ सय १७ जनाले सहभागिता जनाएका थिए।

सहभागी विद्यालयहरुबाट छनोट गर्दा श्री विद्यापुन्ज मावि जुरेसबाट अस्मिता खड्का र श्री सिस्नेरी मावि जुरेसबाट छात्र नवीन खत्रीलाई जिल्ला जुरेस तथा युरेसमा सदस्यका रुपमा मनोनित गरिएको नेरेसो ललितपुर शाखाले जनाएको छ।

 

प्रकाशित: समय: 0:28:26  527पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार