तामाङपेज संवाददाता ।
काठमाडौं । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित कमला प्रधान तामाङको उपचारको निमित्त सहयोगार्थ भोलि भाद्र २१ गते शनिबार बिहान ११ बजे काठमाडौं जोरपाटीस्थित बाहुनधारामा चर्चित गायक,गायिका,नायक,नायिकाको सहभागितामा “बृहत् साँस्कृतिक कार्यक्रम” भब्य रुपमा हुने भएको छ ।
उक्त कार्यक्रममा उपस्थितको लागि ब्लड क्यान्सर पीडित कमला प्रधान तामाङ बचाउँ अभियानले सहयोगी महानुभावहरुमा निमन्त्रणासमेत गरेका छन् । बृहत् साँस्कृतिक कार्यक्रम ब्लड क्यान्सए पीडित कमला प्रधान तामाङ बचाउँ अभियानको आयोजनामा नेपाल अन्जन क्रियशन र दुप्चेश्वर मिडियाको सह आयोजनामा हुने भएको छ ।