महालक्ष्मी नगरपालिका स्तरिय “अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता “इमाडोलमा शुरु


तामाङपेज संवाददाता ।

ललितपुर । महालक्ष्मी नगर प्याब्सनको सहकार्यमा चिल्ड्रेन गार्डेन एकेडेमी आयोजनामा महालक्ष्मी नगरपालिका स्तरिय ” अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता “शुक्रबारदेखि शुरु भएको छ ।

महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाशकुमार मल्लले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं महालक्ष्मी नगर प्याब्सनको सहकार्यम चिल्ड्रेन गार्डेन एकेडेमीको आयोजनामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदिल शाहीको प्रमुख आतिथ्यमा र टेबुल टेनिसका राष्ट्रिय प्रशिक्षक एवं खेलाडी राजेन्द्र कपालीको विशेष आतिथ्यमा प्रतियोगिताको समुदघाटन भब्य रुपमा भएको थियो ।

उक्त प्रतियोगिता भाद्र २० देखि २२ गतेसम्म संचालन हुने प्रतियोगितामा १५ वटा विद्यालयका करिब १ सय ५० जना विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रकाशित: समय: 21:45:15  984पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार