गिम्दीमा सांसद संजेलद्वारा ” कृषि औंजार वितरण कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । दिगो विकासको लागि सहकारी भन्ने मुल उद्धेश्यले स्थापित श्री देवता वाग्मती बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीमा प्रदेश सभा सांसद चेतनाथ संजेलको प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रदेश नं.३ सदस्य मधुसुदन पौंडेल,भेटेनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र प्रमुख डा.नारायण श्रेष्ठ,वाग्मती-५ इकुडोल वडाअध्यक्ष साजन दर्लामी मगर,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)जिल्ला सदस्य कृष्ण बल तामाङको विशेष आतिथ्यमा बिहिबार कृषकहरुलाई भेटेनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र ललितपुरको सहयोगमा “कृषि औंजार वितरण कार्यक्रम ” सम्पन्न भएको छ ।

वाग्मती गाउँपालिका वडा नं.४ प्युटारका व्यवसायी दुर्गाप्रसाद घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त कार्यक्रममा स्थानिय वासिन्दाहरु,कृषकहरु,सहकारी संस्थाका प्रतिनिधिहरु,भेटेनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र ललितपुरका कर्मचारीहरु लगायतको सहभागिता रहेको र कृषकहरुलाई घाँस कुटक्याउने च्यापकटर ५० थान,घट्ट ५० थान,डिजिटल काँटा ५० थान वितरण गरेको जनाएका छन् ।

प्रकाशित: समय: 17:04:09  1111पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार