तामाङपेज संवाददाता ।
काठमाडौं । नेपालको सुनसरी,कास्की,चितवन,मकवानपुर,झापा लगायतमा डेँगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि सर्ने रोग राजधानीमा बुधबार साँझसम्ममा दुई जना चिकित्सकसहित ५५ जनामा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सकले जनाएका छन् ।
विशेत त : गमला,फुलदानी,खाली बट्टा,गाडीका काम नलाग्ने टायर,खाल्डोमा जमेका पानीमा डेँगु भाइरस संक्रमित लामखुट्टेले फुल पारेपछि जन्मेका लामखुट्टेले टोकेपछि डेँगु रोग सर्ने गर्छ । डेँगु भाइरस संक्रमित लामखुट्टेले टोकेपछि एक्कासि ज्वरो आउने,टाउको दुख्ने,आँखाको गेडि तथा पछिल्ला भाग दुख्ने,ढाड जोर्नी तथा अन्य मांसपेशी दुख्ने,बान्ता लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुको जनाएको छ ।
केही सातादेखि राजधानीको स्वयम्भू,बालाजु,टेकु,लगन,असन र भक्तपुरको लोकन्थली,सल्लाघारी लगायतमा डेँगु रोगबाट संक्रमीत रोगीहरु देखा परेका छन् । चिकित्सकहरुले सर्वसाधारण सबै नागरिकहरुमा डेँगु रोगबाट बच्न ,त्यस्ता लामखुट्टेको निर्मुल गर्न सुत्दा झुल लगाउने,गमला,फुलदानी,खाली बट्टा,गाडीका काम नलाग्ने टायर,खाल्डोमा जमेको पानीलाई पोखाउने ,फिनेल छर्ने र अन्य उपायहरु अपनाउन आग्रह गरेको छ । एक सातामा राजधानीमा डेँगु रोगबाट संक्रमित ५५ जना देखा परेकाले ठूलो महामारी लाग्नेमा सचेत गराईएको छ ।