रेडक्रसको ५७ औं स्थापना दिवसको अवसरमा गोदामचौंरमा “दीप प्रज्वलन कार्यक्रम” सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । नेपालमा नेपाल रेडक्रस सोसाइटी स्थापना भएको ५७ औं स्थापना दिवसको अवसरमा देशैभर बिहिबार विभिन्न सभा,समारोह गरेर रेडक्रसले भब्यताकासाथ स्थापना दिवस मनाएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटी गोदामचौंर उपशाखाकी कोषाध्यक्ष बिन्जु थापा केसिले गोदावरी नगरपालिका वडा नं.१ गोदामचौंरस्थित श्री अन्नपूर्ण महिला जागृति सहकारीको संस्था भवनमा रहेको रेडक्रस कार्यालयमा सफलताको शुभकामना ब्यक्त गर्दै मैन बत्ती बालेर साँझ “दीप प्रज्वलन कार्यक्रम” गरेर स्थापना दिवस मनाईएको जनाएकी छिन् ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गोदामचौंर उपशाखा सभापति नन्दबहादुर श्रेष्ठ,उपसचिव रामचन्द्र थापा,सदस्यहरु सरिता कार्की,कल्पना सुवेदी,सन्जित खड्का,सीता कार्की लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 21:52:11  730पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार