गजल : कैलाशकुमार मल्ल हाल: लुभु,ललितपुर


लेख्न त लेख्ने हो नि अब मज्जाले 

निरासा त छेक्ने हो नि अब मज्जाले ।

 

बैरी किन्  हसाउँछौ हरेस नखाउ कहिल्यै 

दु:ख जति फ्याँक्ने हो नि अब मज्जाले ।

 

संसार हाम्रै हो बढौं अघि हातहरु मिलाई

सफलताको गाडी हाँक्ने हो नि अब मज्जाले।

 

फैलाउ ध्वजा पतका विश्व चकित बनाउन 

दुश्मनलाई बन्दुक ताक्ने हो नि अब मज्जाले।

 

उद्धेश्य सधैं उत्सर्गको गगन चुम्ने विशाल 

विजयको गाडी हाँक्ने हो नि अब मज्जाले ।

प्रकाशित: समय: 21:03:06  867पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार