चथा: पुजाको अवसरमा इजरायलमा “शुभकामना आदानप्रदान तथा समेबजी भोज कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता ।

इजरायल । राष्ट्रिय नेवा: खल इजरायलको आयोजनामा नेवार समुदायको चथा: पुजाको पावन अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका महासचिव खुशी घलेको प्रमुख आतिथ्यमा राष्ट्रिय नेवा: खल इजरायलका संस्थापक महासचिव एवं वर्तमान संरक्षक पुष्प श्रेष्ठको विशेष आतिथ्यमा “शुभकामना आदानप्रदान तथा समेबजी भोज कार्यक्रम”को शुक्रबार भब्यरुपमा सम्पन्न भएको छ।

राष्ट्रिय नेवा: खल इजरायलका अध्यक्ष मनु श्रेष्ठले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं चथा: पुजाको अवसरमा इजरायलयमा कार्यरत नेवार समुदायका दाजुभाई तथा दिदिबहिनीहरु,नेपाल आदिवासी जनजाति महासंघ इजरायलका पदाधिकारीहरु,जातिय संस्थाका प्रतिनिधिहरु,राष्ट्रिय नेवा: खल इजरायलका पदाधिकारीहरु लगायतको सहभागिता रहेको ,एक अर्काबीच शुभकामना आदानप्रदान ,समेबजी भोज कार्यक्रम भएको जनाएकी छिन् ।

राष्ट्रिय नेवा: खल इजरायलका अध्यक्ष श्रेष्ठले उक्त कार्यक्रममा स्वागत मन्तब्य राजकुमारी श्रेष्ठ र कार्यक्रम संचालन विमला श्रेष्ठ गर्नु भएको बताउनु भएको छ ।

 

प्रकाशित: समय: 19:53:16  1170पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार