पहिलो पटक आनलाइन शेर्पा उदघोषण प्रतियोगिता हुने


तामाङपेज संवाददाता,

सेप्टेम्बर ५, काठमाण्डौ

परम्परागत भाषा,धर्म, संस्कृति हाम्रो पहिचान यसलाइ जोगाइ राख्ने हामी सबैको अभियान” भन्ने मुल नारा सहित शेर्पा इभेन्ट अर्गनाइजरले प्रथम पटक अनलाइन शेर्पा उदघोषण प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

बहुभाषी बहुसंस्कृति र बहुल जातीको बासोबास रहेको हाम्रो मूलुकमा राज्यका हरेक अंग र संचारको यो विकासको चरण सम्म आइपुग्दा हरेक जाति जनजातीले समान समावेशिता जनाउनु र दक्षता हाँसिल गर्नु आजको आवश्यकता हो । हिमाली आदिवासी शेर्पा समुदायको भाषा, कला तथा संस्कृतिको संरक्षण र विकासमा टेवा पुग्ने र विज्ञान र प्रविधिको युगमा (Age of and Technology) आजको युवा पुस्तामा  शेर्पा जातिको परम्परागत भाषा,धर्म,संस्कार एवं संस्कृतिहरुको संचार गराउने  र समय परिस्थिती अनुसार शेर्पा  संस्कृतिको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने आशा आयोजकले राखेको छ । 

प्रथम अनलाइन शेर्पा उदघोषण प्रतियोगिताले शेर्पा युवाहरुलाई प्रोत्साहन तथा विकासमा नयाँ अनुभव हुने बताइएको छ । आधुनिक शैलिमा शेर्पा भाषा धर्म र संस्कृतिकाे जगेर्ना भन्ने नारालाइ अघि सार्दै शेर्पाहरुको संस्कृति, पहिचान र विविध साँस्कृतिक मुल्य र मान्यताहरुलाई सदैब जीबन्त राख्ने र जसको समुचित विकास गराउने उद्देश्य लिइ नेपालमै पहिलो पटक शेर्पा अनलाइन उदघोषण  प्रतियोगिताको आयोजना गर्न लागेको  आयोजकको भनाइ छ   

प्रथम पटक आयोजना गर्न लागिएको प्रथम अनलाइन शेर्पा भाषा उदघोषण प्रतियोगिता 2019 प्रतिस्पर्धामा सहभागी हुनका लागि  शेर्पा भाषामा कार्यक्रम सन्चालन तथा उदघोषण गरि रेकर्ड गरिएको भिडियोलाई शेर्पा इभेन्ट अर्गनाइजरको फेसबुक पेजमा एसएमएस गर्नुपर्नेछ । तपाईंले प्रस्तुत गरिएको आवाजलाइ जस्तका त्येस्तै यहाँ बाटा प्रतिस्पर्धा गराउने छौ ! प्रथम हुनेलाइ विशेष पुरस्कारको ब्यावस्था गरिएको छ । तपाईं पनि सहभागिता हुनका लागि शेर्पा आवाजमा रेकर्ड गरिएको 2 मिनेटको भिडियो इभेन्टको पेजको इन्बक्समा  पठाउनु पर्नेछ र अन्य नेपाली भाषामा प्रस्तुत गरिएको भिडियो यहाँ पोस्ट गरिने छैन । र प्रतिस्पर्धाको लागि शुद्व शेर्पा भाषाोमा रेकोर्ट गरिएको भिडियो हुनु पर्छ र भिडियोमा आफ्नो परिचय समेत खुलाउनु पर्ने छ भिडियो कम्तीमा 2 देखि बढिमा 3 मिनेट सम्मको हुनुपर्नेछ ।

प्रथम छनोट गर्ने तरिका 40% लाइक, कमेन्ट र सेयरबाट गनिनेछ भने 20 % भ्युबाट गनिनेछ, 20% शुद्व शेर्पा भाषाबाट गनिनेछ, 20% कार्यक्रम प्रस्तुत एवं सम्बोधन गर्ने शैली र  भेष भुषाबाट गनिनेछ । जम्मा संख्या 100 रहनेछ ।सहभागीहरुको खुल्ला प्रतिस्पर्धा रहनेछ । देश तथा बिदेश जहाँ अनलाइन मध्यम बाट सहभागी हुन पाउनेछ ।पुरस्कार रासि जम्मा रु (२२,२२२ )बाइस हजार दुइ सय बाइस रुपियाँ हुनेछ ।आयोजक शेर्पा अर्गनाइजरले जनाएको छ । 

                       

                               

                 

प्रकाशित: समय: 7:09:25  854पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार