गैरआवसीय नेपाली संघ(एनआरएनए)रासप जापानको नवौं राष्ट्रिय महाअधिवेशन तयारी पुरा भोली महाधिवेशन हुँदै


तामाङपेज संवाददाता

५ सेप्टेम्बर  टोकियो,

 

एनआरएनए जापान रासपको नवौँ महाधिवेशनको तयारी पुरा भएको एनआरएनएले जनाएको छ । सेप्टेम्बर ६ तारिख  शुक्रवार टोकियोको नाकानो जिरो हलमा दिउँसो १२:३० बाट शुरु हुने महाधिवेसनमा २०१९/२१ कार्यकालको लागि नेतृत्व छनौट तथा आठौं कार्यकालमा गरिएको कामको प्रतिवेदन प्रस्तुत  हुनेछ। महाधिवेसनमा आईसिसि अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु संगै अन्य राष्ट्रबाट पनि एनसिसि अध्यक्ष लगायतको उपस्थिति रहने छ । युवाहरुको जोश ,जागर र आत्मबल बढाउनका साथै प्रेरणा युक्त उर्जा मुलकको लागि सन्देश “वर्तमान सन्दर्भ मा प्रवासी युवाहरुको दायित्व र चुनौती “बिषयक मोटिभेसन मनतव्य महानायक राजेश हमालबाट हुनेछ।साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुति रहने महासचिव बुद्धि राज घिमिरेले जानकारी दिए ।

 सन १९/२१ को कार्यकालको लागि निर्वाचन समितिले सेप्टेम्बर  ८ तारिख आईतवार, निर्वाचन सम्पन्न गर्नेछ र निर्वाचन  बिधुतिय माध्यम (अनलाईन)बाट हुने बताईएको छ । एनआरएनए जापानको आगामी अधिवेशनले अध्यक्ष १,वरिष्ठ उपाध्याक्ष १, उपाध्याक्ष ५-महिला,युवा,क्षेत्र र खुल्ला २), महासचिव १, सचिव ३ ,१ क्षेत्र, खुल्ला २, कोषाध्यक्ष १, सहकोषाध्क्ष १, ८ सदस्य एक महिला सहितको निर्वाचन गर्नेछ ,भने आईसिसि सदस्य २, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १,कोषाध्यक्ष र महिला संयोजक निर्विरोध भई सकेको निर्वाचन प्रमुख आयुक्त राजन प्रधानाङ्गले जानकारी दिए ।

नवौं राष्ट्रिय महाधिवेसन को लागि पंजिकृत सदस्य, आईसिसि,संघ संस्था ,क्षेत्रीय समिति र सम्वन्धित सरोकारवाला लाई निमन्त्रणा पठाई सकिएकोले कुनै कारणबस निमन्त्रणा छुटेमा यसै लाई आधारमानि उपस्थिति हुन अध्यक्ष टासि वाङदी लामाले अपिल समेत गरेको छ।

प्रकाशित: समय: 6:25:46  1067पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार