महाँकाल-१ बुखेलस्थित पालाजुमा रहेको “प्रतीक झरना”पर्यटकहरुको लागि आकर्षक गन्तव्य स्थल बन्दै


तामाङपेज संवाददाता ।

ललितपुर । महाँकाल गाउँपालिका वडा नं.१ बुखेलस्थित पालाजुमा रहेको “प्रतीक झरना”आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्य स्थल बन्ने आकालन गरेको छ ।

एक साताअघि महाँकाल गाउँपालिका-३ गोटिखेल वडाअध्यक्ष गंगाराम तिमल्सिना,महाँकाल-२ मानिखेल वडाअध्यक्ष सन्चमान स्याङतान तामाङसहितको टोलि “प्रतीक झरना”को अवलोकन गर्न पुग्नु भएको थियो ।

वर्षभरि नैं पानी रहने उक्त झरनामा विगत केही वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकहरु टेण्ट राखेर रात बिताउन समेत आईरहेको वडाअध्यक्ष तिमल्सिनाले तामाङपेजसँग जनाएका छन् । पालाजु मोटरबाटोबाट ५ / १० मिनेटको पैदला यात्रामा प्रतीक झरनामा पुगेर अवलोकन गर्न सकिने छ ।

तस्बिर :  गंगाराम तिमल्सिना ।

प्रकाशित: समय: 19:04:38  1567पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार