चौंघरेको “तिप्चे झरना” पर्यटकको आकर्षक गन्तव्य बन्दैं


तामाङपेज संवाददाता ।

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौघरेस्थित “तिप्चे झरना”को स्थलगत रुपमा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङ,वडाअध्यक्ष सन्तलाल लामासहितको टोलिले आईतबार स्थलगत अवलोकन गरेको छ ।

कोन्ज्योसोम गाउँपालिका श्रोतकानुसार कोन्ज्योसोम गाउँपालिका वडा नं.५ भारदेउस्थित भारदेउ भ्यु मिनि रिसोर्टबाट करिब ३ किमि टाढा रहेको,चौघरे सिंगाने भन्ज्याङबाट १५/२० मिनेटको पैदल यात्रापछि “तिप्चे झरना” पुग्न सकिने जनाएका छन् । उक्त झरना दुई तहमा विभाजित भएको,अति मनोरम दृश्यका साथ अवलोकन गर्न सकिने र आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थल बन्ने सक्ने कुरा  कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

तस्बिर :

कोन्ज्योसोम गाउँपालिका ।

प्रकाशित: समय: 17:50:41  1456पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार