शंखुमा “पशुहरुलाई खोरेत विरुद्धको खोप” प्राविधिकहरुबाट भोलिदेखि लगाउने,वडाअध्यक्ष घिमिरेद्वारा सार्वजनिक सूचना जारी


ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुमा भोलि भाद्र १९ गते बिहिबारदेखि पशुहरुलाई खोरेत विरुद्धको खोप पशु सेवा कार्यालयबाट खटिएका पशु प्राविधिकहरुबाट वडा भरिका पशुपालक धनिका घर घरमा गएर खोप लगाउनेबारे बुधबार वडा कार्यालयले सेवाग्राहीलाई जानकारीको लागि सार्वजनिक सूचना जारी गरेको छ ।

वडाअध्यक्ष ध्रुब घिमिरेद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा खोरेत विरुद्धको खोपको लागि पशु सेवा कार्यालयबाट खटिएका पशु प्राविधिकहरु नवराज घिमिरे मोबाइल नं.९८४९ १९०१३२ र गणेश दहाल मोबाइल नं.९८४९ ६६८२९५ मा सम्पर्क गरेर सेवा लिनको लागि सेवा ग्राहीलाई सार्वजनिक सूचनामार्फत सेवा ग्राहीलाई अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 12:58:32  382पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार