बडिखेलस्थित धनेश्वरटोलमा स्थानिय जनप्रतिनिधि,क्लबका प्रतिनिधि र नेपाल प्रहरीको सक्रियतामा व्यापक गाँजा फडानी


तामाङपेज संवाददाता । 

ललितपुर । गोदावरी नगरपालिका वडा नं.४ बडिखेलस्थित धनेश्वरटोल,थापागाउँ लगायतका क्षेत्रमा मंगलबार महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालको नेतृत्वमा खटिएको १३ जना प्रहरी, वडा सदस्य कृष्णहरी घिमिरे , बडिखेल ब्वाईज क्लबका अध्यक्ष अरुण थापा र प्रहरी सहायक निरिक्षक अनिल चौधरी, वासिन्दाहरु सम्मिलित टोलिले स्थानियको वारि ,खेत ,घर र सार्वजनिक स्थानमा उम्रेका गाँजाका बोटहरु व्यापक फडानी गरेको छ ।

वडा सदस्य कृष्णमुरारी घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं स्थानिय स्तरमा नै युवा,विद्यार्थीहरु गाँजा सेवन तर्फ वृद्धि हुँदै गएकाले चुनौतीका साथ मोल्दै गाँजा फडानी गरेको जनाए । यता महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालले भने गस्तिका क्रममा हिडदा समेत गाँजा फडानी गर्दै आएको जनाउनु भएको छ ।

गाँजा फडानीमा स्थानिय बडिखेल ब्वाईज क्लबका अध्यक्ष अरुण थापाले बडिखेललाई गाँजामुक्त वडा बनाउन आफुहरु लागेको प्रतिक्रिया दिएका छन् ।मंगलबार खटिएको टोलिले बडिखेलमा करिब दुई टनभन्दा बढी गाँजा फडानी गरेको छ ।

प्रकाशित: समय: 13:34:01  645पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार