उज्यालो समाज नेपालद्वारा रसुवा,काभ्रे र मकवानपुरका मृगौंला तथा ब्लड क्यान्सर पीडितलाई “आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता । 

भक्तपुर । खोज,संरक्षण,सम्बर्द्धन,समृद्धिका लागि हाम्रो उज्यालो समाज भन्ने मुल नाराकासाथ स्थापित उज्यालो समाज नेपालले शनिबार रसुवा,काभ्रे र मकवानपुरका मृगौंला तथा क्यान्सर पीडितहरुको उपचारका निमित्त प्रवासमा विशेष गरि अमेरिका,दुबई,कुवेत,कतार र नेपालमा रहेका सहयोगी दाताहरु तथा संस्थाका प्रतिनिधिहरुबाट संकलित रु.२ लाख २१ हजार ९ सय ११ रुपैयाँ आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।

उज्यालो नेपालका केन्द्रीय सदस्य केदार बज्यु तामाङले तामाङपेजसँग कुरा गर्नुहुँदैं नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईवाको प्रमुख आतिथ्यमा महाभारत गाउँपालिका काभ्रेका गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा तामाङको विशेष आतिथ्यमा नेपाली काङ्ग्रेस ललितपुरका युवा नेता ज्ञानबहादुर लो ,छोर्बाला काई रेडियो कार्यक्रमका संयोजक सुदिन दोङ तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संस्थाकी केन्द्रीय सचिव शर्मिला डिम्डुङबाट स्वागत मन्तब्य र केन्द्रीय सदस्य भावना घिसिङले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रवास र स्वदेशबाट प्राप्त आर्थिक सहयोग उत्तरगया गाउँपालिका रसुवाका दुबै मृगौंला पीडित सुवास तामाङलाई रु.१ लाख ८० हजार २६ रुपैयाँ ,चुरियामाई गाउँपालिका मकवानपुरका मृगौंला पीडित सुनिल लामालाई रु.१२ हजार र काभ्रे महाभारत गाउँपालिका वडा नं.१ का ब्लड क्यान्सर पीडित नवाङ मोक्तान तामाङलाई रु.२९ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग रकम आर्थिक अभावका कारण संस्थाले स्वास्थ्यमा थप सहयोग मिलोस भनेर दाताहरुबाट सहयोग रकम संकलन गरेर प्रदान गरेको उज्यालो नेपालका केन्द्रीय सदस्य केदार बज्यु तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै प्रष्ट पारेका छन् ।

भक्तपुरको कमलविनायकस्थित एक क्याफेमा गरिएको उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न व्यक्तित्वहरु,संचारकर्मीहरु,मृगौला तथा ब्लड क्यान्सर पीडित तथा पीडितका परिवारहरु,संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम उज्यालो नेपालका केन्द्रीय महासचिव मिलन जिम्बा तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 9:48:25  476पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार