वाग्मती गाउँपालिकाको “वाग्मती गित अडियो “सार्वजनिक


ललितपुर । वाग्मती गाउँपालिकाको विविध पक्षलाई समेटेर सन् २०२० मा हुन गई रहेको भ्रमण वर्षलाई लक्षित गरेर वाग्मती -५ इकुडोलका शिक्षक एवं संचारकर्मी नवराज संजेलले रचना गर्नु भएको ” वाग्मती गितको अडियो ” वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आईतबार वाग्मती गाउँपालिकाको कार्यालय भट्टेडाँडामा सार्वजनिक गर्नु भएको छ ।

उक्त गित सार्वजनिक समारोहमा प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्य,वाग्मती गाउँपालिका वडा नं.१,२,३,४,५,६ र ७ वडाका वडाअध्यक्षहरु क्रमश : जगतबहादुर लो,विजयकुमार लो तामाङ,विष्णुप्रसाद तिमल्सिना,नारायणबहादुर घले,साजन दर्लामिमगर,लालबहादुर बम्जन तामाङ,नवराज संजेल,प्रेस संयोजक दीपक घिमिरे,गाउँपालिका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

वाग्मती गितको अडियोलाई म्युजिक भिडियोमा उतार्न सके अझ प्रभावकारिता बन्न सक्नेमा गितका रचनाकार नवराज संजेलले वाग्मती गाउँपालिकाको ध्यानाकर्षण गरेका थिए ।

प्रकाशित: समय: 8:05:47  519पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार