सांसद सिलवालको विशेष पहलमा गोदावरीमा तीन हजार सिट क्षमता रहेको “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र ” निर्माण गर्ने मन्त्रीपरिषदको बैठकबाट निर्णय पारित


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाल सरकार ,मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले ललितपुर गोदावरी नगरपालिका वडा नं.३ गोदावरी,टौंखेलमा तिन हजार सिट क्षमताको “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र” निर्माण गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय गौरबको योजना अन्तर्गत उक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको निर्माण गर्ने निर्णय ललितपुर क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालको विशेष पहलमा मन्त्रीपरिषदले बनाउने निर्णय गरेको सांसद सिलवालको निजि सचिवालयले जनाएका छन् ।

प्रकाशित: समय: 23:16:44  817पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार