गतिशिल युवा क्लबको तीजको अवसरमा आयोजित “बृहत् तीज महोत्सव -२०७६” सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।  नेपाली नारिहरुको महान चाड तीजको अवसरमा गतिशिल युवा क्लब गोदावरीको आयोजनामा गोदावरी नगरपालिका नगर उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यमा गोदावरी बसपार्कमा सोमबार ” बृहत् तीज महोत्सव-२०७६ ” भब्य रुपमा सम्पन्न भएको छ ।

गतिशिल युवा क्लबका अध्यक्ष प्रविणजंग थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं बृहत् तीज महोत्सवमा गोदावरी नगरपालिका वडा नं.३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरे,अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तारा संजेल,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवाल,गोदावरी नगरपालिका वडा नं.३ वडा सदस्यहरु बिमल नेपाल,प्रताप तामाङ,मिठ्ठु परियार लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

महोत्सवको कार्यक्रम संचालन लक्ष्मी तामाङ र उपस्थित पाहुनाहरु र सहभागिहरुलाई गतिशिल युवा क्लबका कोषाध्यक्ष राजु थिङ तामाङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। सोमबार दिनको १ बजेदेखि गोदावरी बसपार्कमा शुरु भएको बृहत् तीज महोत्सवमा चर्चित लोक दोहोरी गायक मानसिंह खड्का,डिल्ली काफ्ले,लोक दोहोरी गायिका करिष्मा घर्तीमगर,कविता थापाको गितको प्रस्तुतिले गोदावरी संगितमय बनेको र महोत्सवको बीच – बीचमा स्थानिय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

गतिशिल युवा क्लबले प्रत्येक वर्ष विभिन्न सामाजिक कार्यहरु,रक्तदान,स्वास्थ्य शिविर,धार्मिक कार्यक्रमहरु,स्वयंसेवक परिचालन गोदावरी बार्ह वर्षे मेला,नयाँ वर्ष,होलि,दिपावली जस्ता चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रम,वृद्धावृद्धा सम्मान,खेलकुदमा फुटबल,कराँते प्रतियोगिताहरुसमेत क्लबले गर्दै आईरहेको अध्यक्ष प्रविणजंग थापाले जनाएका छन् ।

 

प्रकाशित: समय: 12:12:18  578पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार