तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको “छैटौं महाधिवेशन तथा १८ औं साधारण सभा”सम्पन्न,अध्यक्षमा पुष्पा तेल्मे तमु सहित प्रतिनिधिहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

कास्की । तमु प्ये ल्हु संघ,केन्द्रीय महिला समितिको “छैटौं महाधिवेशन तथा १८ औं साधारण सभा” आईतबार पोखरामा तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु क्लहेप्री तमुको प्रमुख आतिथ्यमा,अन्य विशिष्ट व्यक्तित्वहरु,प्रतिनिधिहरुको विशेष आतिथ्यता र निर्वाचन मण्डलकी संयोजक शान्ति पर्जु तमु,अधिबक्ता जुना पर्जु तमु र कानुनी सल्लाहकार अधिबक्ता कर्ण ङोप्छे तमुको आतिथ्यमा सम्पन्न भएको छ ।

 

पोखराबाट महेन्द्र तमुले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं,तमु प्ये ल्हु संघ,केन्द्रीय महिला समितिको निर्वाचन मण्डलका संयोजक शान्ति पर्जु तमुले सम्पन्न साधारण सभा तथा महाधिवेशनले निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई  सपथ खुवाउनु हुँदै पदाधिकारीहरुको नाम र केन्द्रीय पदाधिकारीहरुको सार्वजनिक गरिएको जिम्मेवारीमा अध्यक्षमा पुष्पा तेल्मे तमु,प्रथम उपाध्यक्ष बुद्धिमाया लेम तमु,द्धितिय उपाध्यक्ष सिद्धिकुमारी पच्यु तमु,महासचिव पुर्णिमा कुप्छे तमु,सचिव मन्जु कुप्छे तमु,सहसचिव सुकमाया तमु,कोषाध्यक्ष शान्ति तमु,सहकोषाध्यक्ष थानमाया क्रोम्छे तमु निर्वाचित भएका छन् ।

 

अन्य सदस्यहरुमा प्रेमकुमारी तमुस्यो,मनकुमारी तमुस्यो,रमा तमुस्यो,देउकुमारी तमुस्यो,मनु तमुस्यो,देवी तमुस्यो,चुमाया तमुस्यो,बिबिमाया तमुस्यो(कास्की),बिजमाया तमुस्यो(लमजुङ),गीता टु तमु(तनहुँ),मनकुमारी तमुस्यो(चितवन),पुष्पा क्रोम्छे तमु(नवलपरासी ),निता ल्हों तमु(रोल्पा),कल्पना क्रोम्छे तमु(बर्दिया) निर्विरोध निर्वाचित भएको छ भने म्याग्दी,कंचनपुर लगायतका जिल्लाहरुबाट केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान विधानले दिएको जनाएको छ ।

तस्बिर : महेन्द्र तमु ।

 

 

 

प्रकाशित: समय: 17:13:12  603पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार