दिमिपोखरीका बौद्ध धर्म गुरु देलेक शाक्याले लोपेन ङावाङ फुन्छोग रेम्पोर्छेलाई “मण्डल अर्पण तथा महाचक्र पुजा ” छ्योर्तेन टासि तामाङ गुम्बामा भाद्र २१ गते हुने


तामाङपेज संवाददाता ।

रामेछाप । सुनापति गाउँपालिका -२ दिमिपोखरीस्थित ड्रक कनिङ छ्योईलिङ गुम्बाका सदस्य देलेक स्याक्पा लामाले पुर्व भारत सिक्किमको रिनाकस्थित पल पल दोनग्युद गाछलिङ्ग गुम्बामा ३ वर्ष १ महिना १५ दिन ( ल्हो सोम ,छ्योगसोम) को बौद्ध धर्मनुसार कठोर तपस्या सफलतापुर्वक सम्पन्न गर्नु भएको शुभ अवसरमा आउँदो भाद्र २१ गते शनिबार बिहान ९ बजे बौंद्ध,नयाँवस्तिस्थित छ्योर्तेन टासि तामाङ गुम्बामा बौद्ध धर्म गुरु देलेक शाक्याले लोपेन ङावाङ फुन्छोग रेम्पोर्छेलाई”मण्डल अर्पण तथा तथा महाचक्र पुजा” हुने र तपस्वि देलेक स्याक्पा लामालाई दर्शन गर्ने कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रममा उपस्थित भै प्रसाद ग्रहण तथा गुरु दर्शनको लागि बौंद्ध धर्मलम्बिहरुलाई निमन्त्रणा गरिएको बसन्ति लामाले तामाङपेजसँग जानकारी गराएकी छिन् ।

 

 

 

प्रकाशित: समय: 16:07:48  1406पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार