काडस अर्गनाइजेसन कतारको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा विशाल भण्डारीसहित पदाधिकारीहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

कतार । उर्जाशिल कार्य-योजना जिम्मेवार विकास समाज(काडस अर्गनाइजेसन कतार)को प्रथम अधिवेशन शुक्रबार “काडस अर्गनाइजेसनको अभियान,कृषि पर्यटन,उद्योगमा लगानी,आर्थिक समृद्धि र पुर्ण निर्भरता”भन्ने मुल नाराकासाथ कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रालि नेपालका कार्यसमिति सदस्य एवं काडस अर्गनाइजेसन कतार विदेश विभाग प्रमुख मोहनबहादुर कार्की क्षेत्रीको प्रमुख आतिथ्यमा सनैंयाको प्लाजा मलस्थित लालिगुराँस रेष्टुरेण्टमा एक भब्य समारोहकाबीच उदघाटन गर्नु भएको छ।

उदघाटन गर्नुहुँदै प्रमुख अतिथि एवं काडस अर्गनाइजेसन कतार विदेश विभाग प्रमुख कार्कीले काडस अर्गनाइजेसनले गर्ने भावी कार्य योजना र नयाँ शेयर खुल्ला गर्ने बारे जोड दिनु भएको थियो।

सो अधिवेशनमा विशिष्ट अतिथि र अतिथिहरुको रुपमा  लि:ल (फङ)घले समाज दोहा कतार अध्यक्ष कुलबहादुर घले(आयुष),सह-कोषाध्यक्ष सोमबहादुर घले,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कतार शाखा द्धितिय इमानसिंह ठकुरी,प्रदेश नं.६ समन्वय परिषद कर्णाली सहसंयोजक नवराज शाही,नेपाल मगर संघ प्रतिनिधि रेशमबहादुर आलेमगर,निर्भाणिक यात्री एकता समाज दोहा कतार संयोजक राज धिताल,सचिव राज राई,कोषाध्यक्ष माया राई,समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु : अरुण योन्जन,भुवन परियार,ज्ञानेन्द्र विसि,दिपलब थापा,रोमित पौंडेल,नन्दकिशोर थारु,संदीप परियार,इमानसिंह ठकुरी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

काडस अर्गनाइजेसन कतारका सदस्य विमल घलेले कार्यक्रम संचालन,काडस अर्गनाइजेसन कतार,सांस्कृतिक विभाग प्रमुख रोशन विकले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

प्रथम अधिवेशनमा अर्गनाइजेसनको प्रगति प्रतिवेदन भुपाल खड्का,आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामकुमार राई,विधान मस्यौदाको बारेमा सदस्य विमल घलेले अधिवेशनका प्रतिनिधिहरु सामु प्रतिवेदन पेश गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन उपर छलफल गरेर प्रथम अधिवेशनको बहुमतले प्रतिनिधिहरुले प्रतिवेदन पारित गरेका थिए।

काडस अर्गनाइजेसन कतारको पहिलो सत्रमा अधिवेशनको सभाहलमा कार्यसमिति भंग भएको घोषणा पश्चात् मोहनबहादुर कार्की क्षेत्रीको संयोजकत्वमा बनेको निर्वाचन समितिको  संचालन काडस अर्गनाइजेसन कतारका सल्लाहकार असारमान राई,सदस्य निमप्रसाद पौंडेल सम्मिलित समितिले निर्विरोध पदाधिकारीहरु निर्वाचित गरेको छ ।

काडस अर्गनाइजेसन कतारको संरक्षक मिकि माउस लिम्बू,अध्यक्षमा विशाल भण्डारी,उपाध्यक्ष श्यामबहादुर लिम्बू,प्रथम उपाध्यक्ष नानू घले ब्लोन,धर्मराज नेपाल,महासचिव विमल घले,वरिष्ठ सचिव भुपाल खड्का,सचिव रमेश थापा,सहसचिव अम्बरबहादुर राई,कोषाध्यक्ष रामकुमार राई,सहकोषाध्यक्ष प्रदीप राई,युवा विभाग प्रमुख तिर्थराज पोखरेल,यातयात विभाग प्रमुख तेजबहादुर बुढाथोकी,संचार विभाग प्रमुख लालबहादुर हमाल,कला तथा सांस्कृतिक विभाग संयोजक रोशन विक निर्वाचित भएका छन् ।

काडस अर्गनाइजेसन कतारका कार्यसमिति सदस्यहरु गणेश परियार,ताराप्रसाद जैसी,अब्दुल खालिक शेख,माया राई निर्वाचित हुनु भएको छ । अर्गनाइजेसनको प्रमुख सल्लाहकार मोहनबहादुर कार्की क्षेत्री,सल्लाहकार असारमान राई,निमप्रसाद पौंडेललाई निर्विरोध निर्वाचित भएका छन् ।

काडस अर्गनाइजेसन कतारका विदेश विभाग प्रमुख एवं कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रालि नेपालका कार्यसमिति सदस्य तथा प्रमुख अतिथि,निर्वाचन समितिका संयोजक समेत रहनु भएका मोहनबहादुर कार्की क्षेत्रीले निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियता बारे सपथ ग्रहण गराउनु भएको थियो ।

 

प्रकाशित: समय: 9:08:13  463पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार