तामाङपेज संवाददाता ।
दक्षिण कोरिया । प्रवासमा रहेको नेपालीहरुको आधिकारिक एनआरएनए संस्थामा विशेष गरि वैदेशिक रोजगारको सिलसिलामा रहनुहुने नेपालीहरु मध्ये तामाङ समुदायको प्रतिनिधित्व नगन्य मात्रमा देखिएको छ ।
गैर आवासिय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति,दक्षिण कोरियाको आउँदो सेप्टेम्बर २१ र २२ तारिखमा सातौं महाधिवेशन हुने दिन नजिकिदै गर्दा दक्षिण कोरियामा उम्मेदवारी घोषणा गर्ने,गराउने आ- आफ्नो पक्षमा भोट माग्नको लागि उम्मेदवारी घोषणा गरेका नेतृत्वहरु यत्तिखेर व्यस्त रहेका छन् ।
करिब एक दशक भन्दा अगाडि नुवाकोटबाट वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया प्रबेश गरेका सोमबहादुर तामाङले पनि एनआरएनए राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाको सातौं महाधिवेशनमा उपाध्यक्ष पदका निमित्त उम्मेदवारी घोषणा गर्नु भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं एनआरएनए,दक्षिण कोरियामा उपाध्यक्षका दाबेदार तामाङले आफ्नो उम्मेदवारी स्वच्छ,पारदर्शी र संस्थागत विकासको लागि गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समितिको सातौं महाधिवेशनमा आफुलाई मत दिएर दक्षिण कोरियामा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई अनुरोध गरेका छन् ।
एनआरएनए दक्षिण कोरियाका उम्मेदवारी घोषणा गर्नु भएका सोमबहादुर तामाङ ,विभिन्न संघसंस्थाहरुमा लाग्नु भएर समाजसेवामा विगत एक दशकदेखि योगदान गर्दै आउनु भएको छ ।