बाढी पहिरोले अवरुद्ध भट्टेडाँडा,इकुडोल हुँदै सानोचिलासम्मको मोटरबाटोमा यातयात आईतबारदेखि संचालन


तामाङपेज संवाददाता ।

ललितपुर । अविरल वर्षातले गर्दा अवरुद्ध वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडाबाट वाग्मती गाउँपालिका वडा नं. ५ को इकुडोल हुँदै सानोचिलासम्मको मोटरबाटोमा आज आईतबारदेखि बस,मिनिट्रकहरु संचालन भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं स्थानिय इकुडोलका बासिन्दा श्याम गौतमले करिब एक महिना अघिदेखि बाढी पहिरोका कारण अवरुद्ध मोटरबाटोमा बस,मिनिट्रक संचालन हुँदा स्थानिय बासिन्दाहरुलाई घरायसी सामग्री ल्याउन,आवातजावत गर्न सहज भएको जनाएका छन् ।

प्रकाशित: समय: 14:53:00  418पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार