कर्मनासाखोला क्षेत्र सरसफाई अभियानको बडिखेलस्थित घट्टेकुलो कोडकुबाट सुरु,प्रदेश सभा सांसद लालकुमारी पुनसहित विशिष्ट व्यक्तित्वहरुको उत्साहजनक सहभागिता


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं.४ बडिखेलस्थित घट्टेकुलो,कोडकुमा प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत,गोदावरी नगरपालिका नगर उपप्रमुख मुना अधिकारीको विशेष आतिथ्यमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको उत्प्रेरणामा आईतबार “कर्मनासाखोला क्षेत्र सरसफाई अभियानको पहिलो शृङ्खला ” शुरूवात भएको छ।

 

गोदावरी नगरपालिका वडा नं.४ बडिखेलकी वासिन्दा एकिकृत महिला समूह अध्यक्ष एवं अभियानकी संयोजक सोनु सापकोटाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं कर्मनासाखोला क्षेत्र सरसफाई अभियानको शुरुवातको कार्यक्रममा वडाअध्यक्ष मुकुन्द पहरी,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरी निरिक्षक श्याम कटवाल,गोदावरीखोला क्षेत्र सरसफाई अभियान संयोजक बेबि राजभण्डारी ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्य राज घिमिरे,वडा सदस्यहरु कृष्णमुरारी घिमिरे, सीता तिमल्सिनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा वाग्मती अभियन्ताहरु चित्र सुनुवार,शेखर केसि क्षेत्री,गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ताहरु क्रमश: नारायणी पाण्डे,चेतन कार्की,सुबोध थापा ,एन.बी.लिम्बू,दिलिप थापा,राजकुमार केसि,दिलेन्द्र थापा,शेखर गिरी,स्थानिय युवाहरु ,महिला,खेलाडी,नेपाल प्रहरी र सरोकारवालाहरुको उपस्थितिमा सरसफाई अभियानको थालनी आईतबारदेखि प्रारम्भ भएको हो।

 

प्रकाशित: समय: 14:10:25  578पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार