तामाङपेज संवाददाता ।
इजरायल । चितवनको विकास र सामाजिक भावना,समाजको एकता समृद्धिको चाहना भन्ने मुल उद्धेश्यले स्थापित चितवन समाज इजरायलको शनिबार तेल अभिवमा चौंथो अधिवेशनको संस्थाका संस्थापक अध्यक्ष एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति प्रवास महिला संयोजक शान्ता अधिकारी ज्ञवालीले प्रमुख अतिथिको आसनबाट दीप प्रज्वलन गरेर समुदघाटन गर्नु भएको छ ।
समुदघाटन गर्नुहुँदैं प्रमुख अतिथि शान्ता अधिकारी ज्ञवालीले विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरेकी छिन् । उक्त अधिवेशनमा एन आर एन ए इजरायल आई सि सि सदस्य विशाल ज्ञवाली,संस्थाका सल्लाहकार अनिरुद्र सुवेदी,नमस्ते नेपाल हा.सा.स.इजरायल अध्यक्ष भीमा थापा,सत्य साई सेन्टर इजरायल अध्यक्ष नेहा गुरुङ,रुपन्देही सेवा समाज अध्यक्ष इश्वरी पौंडेल,संस्थापक सदस्य कमला ढकाल लगायतका महानुभावहरुले संस्था र अधिवेशनको लागि सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष प्रभा घिमिरेले स्वागत मन्तब्य,कार्यक्रम संचालन संस्थाका महासचिव चिरञ्जीवी मिश्र र संस्थाका प्रतिनिधि निलम भुषाल,गायत्रा ढकालले ब्याच तथा खादा प्रदान गरेका थिए । संस्थाका अध्यक्ष सरिष्मा बरालको सभाअध्यक्षतामा सम्पन्न अधिवेशनमा नाँचगान समेत भएको थियो ।
चितवन समाज इजरायलको सम्पन्न औपचारिक अधिवेशन पश्चात् बसेको बन्द सत्रले संरक्षक सरिष्मा बराल,अध्यक्ष नयन सापकोटा(रामु)बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी मिश्र,प्रथम उपाध्यक्ष दिना न्यौपाने,द्धितिय उपाध्यक्ष सविषा सिलवाल थापा,तृतित उपाध्यक्ष गायत्री ढकाल,महासचिव मोहन बस्नेत,सचिव जमुना बोहरा,कोषाध्यक्षमा जिना सिंह(सम्झना) लाई निर्वाचित हुनु भएको छ ।
संस्थाको अन्य सदस्यहरुमा सम्झना पन्त,कमला गुरुङ,नमुना पौंडेल पराजुली,देवी पौंडेल,इन्दीरा पौंडेल मरहठ्ठा,सीता अधिकारी,हिरु सुवेदी,विष्णुमाया रिमाल,गिता पोखरेल,सुर्य थापा,राधिका कुँवरलाई निर्विरोध निर्वाचित गरेको चितवन समाज इजरायलका नवनिर्वाचित महासचिव मोहन बस्नेतले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।