तामाङपेज संवाददाता ।
धनुषा । महिला एवं बालबालिकाको पहलमा जनकपुर सरसफाई अभियन्ता रुबीकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीको संयुक्त अगुवाईमा शनिबार जनकपुर सरसफाई अभियानको ३७ औं शृङ्खला “बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम”गरेर सम्पन्न भएको छ ।
तामाङपेजसंग कुराकानी गर्नुहुँदै सरसफाई अभियन्ता रुबीकुमारी झाले प्रदेश नं.२ को राजधानी जनकपुरधाम मुख्यमन्त्रीको कार्यालय गेटदेखि मिल्स एरिया रेलवे ट्रैक स्टेसन वरिपरि तथा मुख्य मन्त्री कार्यालय अगाडीदेखि मिल्स एरिया भानुचोकसम्म वृक्षारोपण गरेका छन् ।
अभियन्ता झाले शनिबारको सरसफाई अभियानमा सांसद दिनेश प्रशैला यादव,नागरिक समाज अगुवा अमरचन्द्र अनिल,सरसफाई अभियन्ताहरु सुरेश शर्मा,अमित झा,डा.रामज्ञान यादव,हेल्प मधेसी नेपाल धनुषा अध्यक्ष सत्रुधन शाह,दिवाकर झा,सुदीप मण्डल,युवा नेता रोशन मिश्र,दिनेश शाह,मुकेश झा,आदित्य ठाकुर,निरंजन एफब,किसन यमसली,यमकुमार निरंजली,अजय झा,पप्पु यादव,गौंरब गुप्ता,स्टेसन एरिया युवा अध्यक्ष देबु यादव,रेलवे ईन्जिनियर बिनोद ओझा,अमन झा,प्रदीप भगत,दीपनारायण यादव,गंगा मण्डल,रंजीत ठाकुर,अमित मण्डल,संजय शाह ,स्टेसन चौकी प्रहरी प्रहरी नायव निरिक्षक लेखनाथ खनाल,बाल सरसफाई अभियन्ताहरु दक्ष झासहित स्थानिय महानुभावहरुको सहभागिता रहेको थियो ।