फेवाताल किनारमा संयुक्त सरसफाई कार्यक्रम


तामाङपेज संवाददाता ।

कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियानको १७० औं,खहरे आमा समुहको १३१ औं र राईजिङ स्टार युथ क्लबको ५६ औं सरसफाई शृङ्खला शनिबार पोखरा महानगरपलिकाको विशेष सहयोगमा संयुक्त रुपमा फेवाताल किनार क्याम्पिङसाईटमा जलकुम्भी झार उखेलेर सप्पन्न भएको छ ।

सशस्त्र प्रहरी कालिका गण मालेपाटनका प्रहरी उपरीक्षक(एस्पि) प्रेमध्वज शाहले राष्ट्रिय गान बजाएर अभियानको शुरुवात गर्नु भएको थियो। अभियानमा पोखरा महानगरपालिका वडा नं.६ का जनप्रतिनिधि,पोखरा महानगरपालिका निमित्त कार्यकारी अधिकृत गंगालाल सुवेदी,वन डिभिजन कार्यालय कास्की प्रमुख रामकाजी श्रेष्ठ,सामुदायिक प्रहरी सेवा केन्द्र वैदाम,पिस जोन एकेडेमीका शिक्षक,शिक्षिका,विद्यार्थीहरु,नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन ,राईजिङ स्टार युथ क्लब रिठ्ठेपानी,नेपाल प्रहरी,सशस्त्र प्रहरी, जलारी,फेवा डुंगा व्यवसायी समिति,मुक्तिनाथ विकास बैंक,गण्डकी विकास बैंक,कुमारी बैंक,माछापुच्छ्रे महिला क्लब ,पोखरा पर्यटन परिषद,हर्पन फेवा मत्स्य सहकारी संस्था,जुनियर नेपाल रेडक्रस सोसाईटी,आमा समूह ,नियमित अभियन्ताहरु लगायत स्थानियहरुको व्यापक सहभागिता रहेको थियो।

पोखरा उपत्यका बृहत् सफाई अभियानको आगामी साताको अभियानपनि फेवाताल किनारमा गर्ने संयोजक रामबहादुर पौंडेलले जनाएका छन् ।

 

 

प्रकाशित: समय: 0:26:01  824पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार