बडिखेलमा तीजको अवसरमा “नृत्य तथा साँस्कृतिक प्रतियोगिता “सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । नारीहरुको महान चाड तीजको अवसरमा गोदावरी नगरपालिका वडा नं.४ बडिखेलमा प्रदेश सभाका सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा प्रदेश सभा सांसदद्वय चेतनाथ संजेल,राजकाजी महर्जनको विशेष आतिथ्यमा “नृत्य तथा साँस्कृतिक प्रतियोगिता”शनिबार सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका वडा नं.४ बडिखेल भित्रका नौं वटै महिला समुहको आयोजनामा आयोजित उक्त प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि एवं प्रदेश सभा सांसद पुनले पुरस्कार प्रदान गर्नु भएको थियो।

उक्त प्रतियोगितामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं.३ का सदस्य मधुसुदन पौंडेल,गोदावरी नगरपालिका वडा नं.४ बडिखेल वडाअध्यक्ष मुकुन्दबहादुर पहरी,सांसद नवराज सिलवाल स्वकिय सचिव राजेन्द्र न्यौपाने,गायिका लक्ष्मी डिम्डुङ तामाङ ,महिला दिदिबहिनिहरुको व्यापक सहभागिता रहेका थिए ।

प्रतियोगितामा प्रस्तुत भएको नाँचगानमा महिला दिदिबहिनीहरु स्फुर्तिकासाथ मनोरन्जन लिईएको थियो ।

प्रकाशित: समय: 23:38:38  543पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार