मकवानपुरे समाज काठमाडौंको बैठक राजधानीमा सम्पन्न,समाजको वार्षिक उत्सव असोज १ गते मनाउने निर्णय


तामाङपेज संवाददाता ।

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको राजधानीमा शुक्रबार समाजका अध्यक्ष अरुणकुमार गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

मकवानपुरे समाज काठमाडौंको कार्य समिति बैठकले बल्खु सरसफाई कार्यक्रम संयोजक हरेराम कार्की,असोज १ गते मनाईने वार्षिक उत्सव कार्यक्रम संयोजक मनोज अधिकारी,दशैं,तिहार, छठ र ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम संयोजकमा केशब अधिकारीलाई सर्वसहमत जिम्मेवारी तोक्ने निर्णय पारित गरेको अध्यक्ष गुरुङले तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

 

प्रकाशित: समय: 22:08:28  489पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार