ललितपुर । महिला तथा बालबालिकाको पहलमा संचालन हुँदैं आएको “गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २६ औं शृङ्खला ” महालक्ष्मी नगरपालिका वडा नं.८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठ र वडा नं.९ का वडाअध्यक्ष बासु शर्माको विशेष आतिथ्यमा खुसिबु कोलोनीमा शनिबार भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं.६ र वडा नं.८ को बीचमा पर्ने चारघरेपुलदेखि सरसफाई ,दायाँ,बायाँ वस्तिका वासिन्दाहरुलाई घरदैलो भेटघाट गरि सरसफाई सम्वन्धि जनचेतना जगाउँदै बिहान ७:३० बजेदेखि शुरु गरिएको अभियान ९:३० बजे गोदावरी नगरपालिका वडा नं.१४ को खुसिबुमा सम्पन्न भएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी थापाले तामाङपेजसँगको कुराकानीमा जनाएकी छिन् ।
प्रत्येक साताको शनिबार साप्ताहिक रुपमा दुई घण्टा संचालन हुने अभियानमा दक्षिणकाली गण ,शसस्त्र प्रहरी बल नेपाल खुमल्टारका प्रहरी निरिक्षक (इनिष्पेक्टर) मुकुन्द घिमिरे,महानगरीय प्रहरी प्रभाग ,बाँडेगाउँका प्रहरी निरिक्षक (इनिष्पेक्टर) श्याम कटवाल,महालक्ष्मी नगरपालिका वडा नं.८ का वडा सदस्य अम्बिका श्रेष्ठ,महानगरीय प्रहरी प्रभाग लुभुका प्रहरी नायव निरिक्षक(सई) भुवन खड्का ,प्याब्सन महालक्ष्मी नगरपालिका अध्यक्ष कैलाश मल्ल,फोहोरमैला व्यवस्थापन संघका उपाध्यक्ष रामकुमार घिमिरे,सृजनशिप फोहोर ब्यवस्थापक खगेन्द्र,वाग्मती सिनामंगल सरसफाई अभियन्ता शुशिला आचार्य,गोरखापत्र दैनिकका समाचारदाता शान्ती लामा लगायत गरि करिब २ सय १५ जनाको सहभागिता रहेको थियो । नियमित अभियन्ता,नेपाल प्रहरी,शशस्त्र प्रहरी बल नेपाल,सृजनसिप फोहोर ब्यवस्थापन,स्थानिय वासिन्दा र सरोकारवालाहरुले करिब एक टन फोहोर संकलन गरि सृजनसिपले व्यवस्थापन गरेका थिए ।
गत २०७५ फागुन २६ गतेदेखि साप्ताहिक रुपमा प्रत्येक आईतबार बिहान १० देखि ११ बजेसम्म नियमित रुपमा संचालन हुँदै आएको यो सरसफाई अभियान यही श्रावण २५ गते बसेको सरसफाई अभियन्ताहरुको बैठकको निर्णयनुसार प्रत्येक साताको शनिबार बिहान ७:३० देखि ९:३० बजेसम्म दुई घण्टा गर्ने निर्णय बमोजिम शनिबार सम्पन्न “गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २६ औं सम्पन्न शृङ्खला ” मा संयोजक बेबी राजभण्डारी थापा,अभियन्ताहरु क्रमश : नारायणी पाण्डे,प्रशान्त थापा,शेखर गिरी,दीलेन्द्र थापा,एन.बी.लिम्बू,दिलिप थापा,चेतन कार्की,सुवोध थापा,कुन्ता थापा,करुणा खड्का,सावित्री थापा,आष्मा थापा,बिन्जु थापा,सुरज खड्का,नारायणी थापा,अंगिता थापा,भावना अधिकारी र सुनिमितको सहभागिता रहेको थियो ।