तामाङपेज संवाददाता ।
धनुषा । सतोषर सेवा समिति र स्थानिय युवाहरुको पहलमा सतोषर सेवा समितिका अध्यक्ष बनशेर सिंह यादव र हेल्प मधेसी नेपालका सेवक सरोजकुमार यादवको संयुक्त अगुवाईमा शनिबार सबैला नगरपालिका वडा नं.९ सतोषरधाम क्षेत्रमा सतोषर महादेव मन्दिर सरसफाई सम्पन्न भएको छ ।
हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष रामउदगार यादवले तामाङपेजसँग कुराकानी गर्नु हुँदै सतोषर महादेव मन्दिर परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य हरिकिशोर यादवको प्रमुख आतिथ्यमा र सतोषर सेवा समितिका पुर्व अध्यक्ष मनिषकुमार रायको विशेष आतिथ्यमा ,हेल्प मधेसी नेपालका सेवकहरु,स्थानिय युवाहरुको व्यापक सहभागितामा सरसफाई अभियान गरेको जनाएका छन् ।