दलचोकीमा मिनिट्रक दुर्घटना हुँदा ८ जना घाईते ,घाईतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदैं


तामाङपेज संवाददाता ।

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.३ दलचोकी मनकामना मन्दीर ओरालोमा चापागाउँबाट दलचोकीतर्फ जाँदै गरेको वा.२ ख ३८९० मिनिट्रक शुक्रबार साँझ करिब ७ बजेतिर दुर्घटना हुँदा ८ जना घाईतेको प्रत्यक्षदर्शी,महानगरीय प्रहरी बृत्त,चापागाउँ र केही सरोकारवालाहरुले जानकारी गराएका छन् ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु स्यालभन्ज्याङका भिमराज स्याङबो तामाङले तामाङपेजसँग कुराकानी गर्दै आफू बाईक चलाएर शंखु तर्फ जाँदै गर्दा आफू भन्दा अगाडि मिनिट्रक दुर्घटना भइ आईपुग्दा डराएर स्थानियलाई खबर गरि उद्धारमा सहयोग गरेको जनाए ।

महानगरीय प्रहरी बृत्त चापागाउँ र पाटन अस्पतालबाट दलचोकी होमस्टेका संचालक शेखर कार्कीले तामाङपेजसँग कुराकानी गर्नुहुँदै अन्नपुर्ण न्युरो अस्पतालमा कृष्ण संजेल,बि एण्ड बि अस्पताल ग्वार्कोमा चालक एवं मिनिट्रक धनी दीपक संजेलको उपचार भइ रहेको छ भने अन्य घाईतेहरुको पाटन अस्पतालमा सावित्री संजेल,सीता दहाल,लालजित घिसिङ,विक्रम ब्लोन ,नबिना गोङबा तामाङ कोन्ज्योसोम-३ दलचोकी र काभ्रे बनेपाका १४ वर्षिय आयुषा दहालको उपचार भइ रहेको जनाएका छन् ।

उपचारमा कमि नहोस ,तत्काल विशेष उपचारको व्यवस्था गर्न,गराउन ललितपुर जिल्ला क्षेत्र नं.१ प्रतिनिधि सभाका सांसद नवराज सिलवालले सम्बन्धित अस्पताल प्रमुखहरुलाई सम्पर्क गरेर उपचारको निमित्त अनुरोधसहित घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

मिनिट्रक के कारणले दुर्घटना भयो ,सो बारे थप अनुसन्धान हुने प्रहरीले जनाएका छन् ।

तस्बिर : राजेन्द्र न्यौपाने ।

प्रकाशित: समय: 22:47:28  1146पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार