महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको २२ औं शृङ्खला सम्पन्न,पोखरा महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीलगायतका विशिष्ट व्यक्तित्वहरुको उत्साहजनक सहभागिता


तामाङपेज संवाददाता ।

कास्की । महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको २२ औं शृङ्खला शुक्रबार पोखरा महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागितामा सम्पन्न भएको छ ।

कन्या क्याम्पसकी प्राध्यापक एवं सरसफाई अभियन्ता ईन्द्रकमल मानन्धरले तामाङपेजसँग कुराकानी गर्नु हुँदै उक्त महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानमा पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेल,पोखरा महानगरपालिका वडा नं.९ का वडासचिव लोकदर्शन कोईराला,वैदाम प्रहरी चौकी प्रहरी निरिक्षक( ईनिष्पेक्टर) विजय भण्डारी,पोखरा उद्योग वाणिज्य संघका कार्यकारी सदस्य मुना बास्तोला, प्रहरी,नियमित सरसफाई अभियन्ताहरु,स्थानिय वासिन्दाहरु लगायतको उपस्थितिमा सरसफाई तथा जागरण अभियान गरिएको जनाएकी छिन् ।

प्रकाशित: समय: 19:54:48  532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार