एनआरएनए जापानले नेपालका ५० जना विद्यार्थीको लागि पहिलो किस्ताबापतको छात्रवृत्ति रकम एनआरएनए आईसीसी सचिवालयमा पठायो


तामाङपेज संवाददाता ।

जापान,टोकियो । एन आर एन ए जापानले जापानमा १ सय १ जना नेपाली विद्यार्थीको लागि छात्रवृत्ति दिन सिफारिस गरेलगत्तै (१७-१९)को कार्यसमितिले कार्यालय खर्च कटौती गरि नेपालका विभिन्न दुर्गम जिल्लाका ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिवापतको पहिलो किस्ता रकम आईसिसी मार्फत बिहिबार पठाएको छ ।

एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले हरेक देशका एनसिसी अध्यक्षहरुले एउटा परियोजना तयार गरि आ- आफ्नो जिल्लामा लागू गर्न पाउने आईसीसीको निर्णय र कार्ययोजनानुसार यो परियोजनालाई एनआरएनए जापानले ५० जना विद्यार्थीहरुका लागि शिक्षामा सहयोग गर्नेकुरा जनाएका छन् ।

एनआरएनए जापानको मासिक रुपमा कार्यालय संचालन खर्चबाट बचत हुन आएको ५० हजार रुपैयाँ नेपालमा दुई वर्षसम्मका लागि हालको निमित्त ५० जना विद्यार्थीको शिक्षा क्षेत्रमा प्रयोग हुने गरि प्रदान गरिएको र यो योजना प्रभावकारी भएमा अन्य श्रोत खोजी थप सहयोग गरिने अध्यक्ष टासिवाङदी लामाले जानकारी गराउनु भएको छ ।

एनआएएनए जापानका पदाधिकारीहरु,कार्यसमितिका प्रतिनिधिहरुले मासिक रुपमा बुझाउने लेबि, संकलित रकम , कार्यालय संचालनबापत बचत रकमबाट संकलित रकमले हालका निमित्त ५० जनाको कोटामा नेपालको ७७ वटा जिल्लाहरुमध्ये मनाङ -१५,लम्जुङ -५,वाग्लुङ-५,पर्वत-५,पाल्पा-५,सुदुरपश्चिम -५,मुस्ताङ-५ र रामेछापबाट ५ जनालाई गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् ।

उक्त छात्रवृत्तिका लागि सहयोग एन आए एन ए जापानले एन आर एन ए आइसिसीको काठमाडौंस्थित सचिवालयमार्फत सहजिकरण गर्ने गरि बिहिबार मनि ट्रान्सफरमार्फत १ लाख ६० हजार ४ सय ७० रुपैयाँ सम्बन्धित विद्यार्थीहरुले आफू अध्ययन गरेको विद्यालयमार्फत सेवा लिने गरि एन आर एन ए आईसिसीमा आर्थिक सहयोग रकम पठाएको छ ।

प्रकाशित: समय: 19:29:11  579पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार