रेन्बो चिल्ड्रेन होम नेपालद्वारा गोर्खाली रेडियोकी स्टेसन प्रबन्धक खिमा गुरुङ सम्मानित


तामाङपेज संवाददाता ।

कास्की । रेन्बो चिल्ड्रेन होम नेपालको ११ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन पोखरामा गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माको प्रमुख आतिथ्यमा पोखरामा शुक्रबार सम्पन्न भएको छ।

प्रमुख अतिथि एवं उपसभामुख शर्माले विगत एक दशकदेखि संचार क्षेत्रमा लागि पर्नु भएकी,हाल गोर्खाली रेडियो १०६ मेगाहर्जकी स्टेसन प्रबन्धक खिमा गुरुङलाई संचार क्षेत्रमा पुर्याउनु भएको योगदानाको उच्च मूल्याकंन गर्दै सम्मान पत्रद्वारा विभुषित गरेका छन् ।

संस्थाको साधारण सभा तथा अधिवेशनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान तथा संस्थाको ११ औं साधारण सभा र ५ औं अधिवेशनले रेन्बो चिल्ड्रेन होम नेपालको अध्यक्षमा कमला ढकालसहितका पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रकाशित: समय: 18:37:16  516पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार