तामाङपेज संवाददाता,
काठमाडौंं।
गत साउन महिनामा गठन भएको शेर्पा इभेन्टको पहिलो चरणको बैठक आज राजधानी काठमाडौंको एक होटलमा सम्पन्न भएको छ। शेर्पा इभेन्ट अर्गनाइजरले आज बसेको बैठकबाट समुदायमा भएका शेर्पा युवाहरुलाई आफ्नो भाषा एकिकृत गर्ने उदेश्य साथ सकारात्मक एवम् नयाँ कार्यक्रम गर्ने भएको छ।
विश्व मानव सभ्यताको बिकास संगै विभिन्न अवसरहरूको खोजीमा बसाँई सरी जाने क्रमको नेपालका विभिन्न जिल्लाहरूबाट काठमाण्डौं आई बसोबास गरिरहेका शेर्पाहरू यहाँ आ–आफ्नो गाउँ क्षेत्रको विकास र आफ्नो जातिको कला संस्कृति र रीतिरिवाजलाई प्रबर्द्धन र प्रसार प्रचार गर्ने र अहिलेको परिवर्तन संगै बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको हाम्रो भाषा पहिचानलाई संरक्षण, सम्बर्द्धन र बिकसित रुपबाट प्रबर्द्धन गर्दै जाने र बिशेष गरि शेर्पा समुदायमा लोप हुदै गइरहेको शेर्पाहरुको चाड पर्व र शेर्पाहरुको पहिचानलाई जगेर्ना गर्ने र शेर्पा युवाहरुलाई एकताको माझ ल्याउने र एक अर्क वीच मैत्रीभाव बढाउने उदेश्य साथ स्थापन भएको यो संस्थाले अगामी दिनहरुमा कसरी अगि बढ्ने भन्ने विषयमा अध्यक्ष नुरु शेर्पाको अध्यक्षतामा बैठक सम्पन्न भएको महसचिव आङ पेम्बा शेर्पाले जानकारी दिएका हुन्।
बैठकमा उपाध्यक्ष मिङ्मा तेन्जी शेर्पा, कोषाध्यक्ष आङ फुटी शेर्पा लगायत अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो।