प्राकृतिक कृषि सहकारी संस्थाको “सातौं वार्षिक साधारण सभा “भाद्र २१ गते हुने


तामाङपेज संवाददाता ।

ललितपुर । प्राकृतिक कृषि सहकारी संस्थाको कृषक र कृषि क्षेत्रको सम्मान,समुन्नत नेपालको पहिचान भन्ने मुल नाराकासाथ “सातौं वार्षिक साधारण सभा”भाद्र २१ गते शनिबार,वेलकम पाटी प्यालेस ,गोदावरी नगरपालिका वडा नं.१० टाहाखेलमा बिहान १० बजे हुने कुरा अध्यक्ष कृष्ण तिमल्सिनाले जनाउनु भएको छ ।

संस्थाका सचिव रामजी घिमिरेले सातौं साधारण सभामा अध्यक्षबाट नीति कार्यक्रम प्रस्तुत,कोषाध्यक्षको प्रतिवेदन,लेखा परिक्षण प्रतिवेदन लगायतका विषयहरुमा छलफल प्रस्तुत हुने भएकाले शेयर सदस्यहरू,अतिथि गण र सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोधसहित निमन्त्रणा गरेका छन् ।

 

प्रकाशित: समय: 22:12:04  1360पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार