पोखरास्थित नयाँ बजारमा रहेको चौंतारी निर्माण गर्न आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

कास्की । पोखरा महानगरपालिका वडा नं.८ नयाँ बजारमा रहेको चौतारी निर्माणको लागि पोखरा-९ नयाँ बजारका जयबहादुर गुरुङ तथा रुपकुमारी गुरुङबाट रु.१ लाख १ सय ५१ रुपैंया र शिबकुमारी गुरुङले रु.५० हजार १ सय ५१ रुपैंया चौंतारी निर्माण उपभोक्ता समितिका प्रतिनिधिहरु राधेश्याम श्रेष्ठ,अर्जुन पौंडेललाई आर्थिक सहयोग बिहिबार प्रदान गर्नु भएको छ ।

 

पोखरा महानगरपालिका वडासचिव लोकदर्शन कोईरालाले तामाङपेजसँंग कुराकानी गर्नुहुँदैं निर्माण भइ रहेको चौतारीसँगै अर्को चौतारीको पनि निर्माण हुन लागेकाले  समाजसेवीहरु जयबहादुर गुरुङ,रुपकुमारी गुरुङ र शिबकुमारी गुरुङले आर्थिक सहयोग प्रदान गर्नु भएको जनाएका छन् ।

प्रकाशित: समय: 21:17:29  639पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार