गैरीबारीचोकमा तीजको उपलक्ष्यमा “शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम” सम्पन्न


तामाङपेज संवाददाता ।

चितवन । नारीहरुको महान चाड तीजको उपलक्ष्यमा बुधबार श्री लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा कालिका नगरपालिका वडा नं.८ गैरीबारीचोकमा “शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम” सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष छमिकुमारी रानामगरको सभाअध्यक्षतामा आयोजित कार्यक्रममा कालिका नगरपालिका पालिका ,कालिका-८ वडा कार्यालय,हेफर इन्टरनेशनल चितवन कार्यक्रम अधिकृत शकुन्तला रसाली,महिला समूह समन्वय समिति अध्यक्ष गोमादेवी भट्टराई,कार्यक्रम संयोजक सीता पौडेल,सल्लाहकार समिति संयोजक झनकबहादुर गुरुङ,सदस्य पदमबहादुर गुरुङ लगायतका व्यक्तित्वहरु,संस्थाका शेयरधनी सदस्यहरुको व्यापक सहभागिता रहेको थियो ।

संस्थाकी कोषाध्यक्ष बुलकुमारी मगरले स्वागत मन्तब्य र व्यवस्थापक जुनु लामाले कार्यक्रम संचालन गरेकी थिईन। संस्थाले तीजको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा नाँचगान ,दरखाने कार्यक्रम गरेर तीज पर्व भब्य रुपमा मनाईएको जनाएका छन् ।

 

प्रकाशित: समय: 9:04:04  399पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार