तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यन लामा नेपालमा ब्यस्त,पर्यटन मन्त्री भट्टराईदेखि विशिष्ट व्यक्तित्वहरुसँग भेटघाट


काठमाडौं । तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता लक्यन लामा ,केही साता अघि नेपाल आई पुग्नु भएपछि मन्त्रीदेखि विशिष्ट व्यक्तित्वहरुसँग भेटघाटमा ब्यस्त रहनु भएको छ ।

अध्यक्ष लामाले संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ,भुमिसुधार मन्त्री पद्धमा अर्याल,पुर्व मन्त्री उर्मिला अर्याल,प्रतिनिधि सभा सांसद नबिना लामा,दक्षिण कोरियाका लागि नेपालका पुर्व राजदुत एवं सांसद कमानसिंह लामा,जापानका लागि नेपालका पुर्व राजदुत डा.गणेश योन्जन,डा.मुक्तसिंह लामा,डा.संग्रामसिंह लामा,अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा,नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ,ताम्सालिङ संघर्ष समितिका संयोजक जयप्रसाद गोले तामाङ,नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईवा तामाङ लगायतका नेपाल सरकारका उच्च पदस्थ लगायतलाई औपचारिक एवं अनौपचारिक रुपमा भेटघाट गरेका छन् ।

 

 

तामाङ सोसाईटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यन लामाले राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य एवं सहकारी विज्ञ ज्ञानबहादुर लामा,अधिबक्ता रमेशकुमार लामा,सैलुङ अनलाइनका प्रधान सम्पादक ईन्द्र घिसिङ,अर्जुन ग्लान तामाङ,ह्याङला दोलखा काठमाडौं तामाङ समाज अध्यक्ष सरोजमोहन लामा लगायतलाई भेटघाट गर्नुभएका अध्यक्ष लामालाई स्वागत तथा सम्मान गरेका थिए ।

काठमाडौं जोरपाटी नयाँवस्तिमा रहेको छ्योर्तेन टासी तामाङ गुम्बा व्यवस्थापन समितिले पनि तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यन लामालाई गुम्बामा भब्य रुपमा स्वागत ,गुम्बाको अवस्थाबारे जानकारी समेत गरेको थियो ।

 

अध्यक्ष लामा केही साताको लागि अमेरिकाबाट नेपाल निजि तथा अन्य कामको सिलसिलामा नेपाल आई पुग्नु भएको सैलुङ अनलाइनका एक संचारकर्मीले तामाङपेजसँग बताउनु भएको छ।

 

 

 

 

 

 

 

प्रकाशित: समय: 8:21:34  880पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार